३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले सरकारी जग्गा अतिक्रमण गरेको भए प्रमाण दिनुहोस्, दोषीहरुलाई सरकारले कारबाही गर्छ : पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’

उनले आजको मितिसम्म सरकारी जग्गा कसैले कब्जा गरेको प्रमाण भए वर्तमान सरकार सरकारी सबै जग्गा बचाउ गर्ने प्रतिबद्धता सुनाए । उनले भने,‘अहिले सरकारी जग्गा सबै भूमाफीयाहरुले कब्जा गरे भनेर भयानक नै भयो भनेजसरी हल्ला फैलाईएको छ । यो सही होईन् ।’

नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् । सरकारमा पनि थिएन् ।’
यद्धपी व्यक्तिले जग्गा किनबेच गर्न पाउने उनको तर्क छ । उनले भने,‘उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’

वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।




भर्खरै