३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरंकुशता भएको बेलामा पौडेल जीले बालुवाटारको दक्षिण कुनामा जग्गा किनेको हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले निरंकुशता भएको बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किनेको स्विकार गरेका छन् ।

मंगलबार नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले उक्त आठ आना सरकारी जग्गाको बिषयलाई लिएर पौडेलमाथि आक्रमण भएको बताए।‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। निरंकुशता भएको बेला२०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नु भएको हो,’ उनले भने।

महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे।
महासचिवको जग्गा सरकारी हडपेकोमा पर्छ कि पर्दैन समय क्रममा प्रस्तुत गर्छौँ। हतारो गर्नुपर्ने छैन,’उनले भने ।

ओलीले आफ्नै सरकारले बालुवाटारको जग्गाबारे तथ्य सार्वजनिक गरेको उल्लेख गरे। उनले सांसदहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे।




भर्खरै