३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानीहरुको भेला, तालिबानीसँग वार्ता नै प्रमुख मुद्दा



अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गाको बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिबान समूहसँग भइरहेको वार्तामा साझा धारणा बनाई सहमति जुटाउने प्रयास गरिने छ ।

राष्ट्रपति घानीले चार दिने यस बैठकमा अफगानीबीच एकता रहेको देखाउने प्रयास गर्नेछन् । यो परिषद बैठकमा अफगानिस्तानका राजनीतिक व्यक्तित्वहरु, आदिवासी नेताहरु, विशिष्ट व्यक्तित्वहरु समेतको सहभागिता छ ।

सन् २०१४ को राष्ट्रपति निर्वाचनमा पराजित तर प्रमुख कार्यकारी पदमा रहनुभएका अब्दुल्लाह अब्दुल्लाहले परिषद बैठकप्रति खासै चासो दिनुभएको छैन । उहाँका कैयौं समर्थकले परिषद बैठक समेत बहिस्कार गरेको बताइएको छ ।

परिषद बैठकमा उपस्थित पूर्व राष्ट्रपति हमिद कार्जाइले परिषद बैठक अहिले आयोजना गर्दा शान्ति प्रक्रियामा ढिलाई हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “हामी यहाँ तालिवानसँगको शान्ति वार्ताको संरचनाका बारेमा छलफल गर्न भेला भएका छौं र दिगो शान्तिमा पुग्नु हामी सबैका लागि अति आवश्यक छ ।”

घानीले परिषदको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी ओसामा बिन लादेनसँग सम्बन्ध रहेका पूर्व लडाकू अब्दुल रसूल सयाफलाई दिएका छन् । रसूलले सन् १९९० को दशकमा तत्कालीन बामपन्थी सरकार ढलेसँगै काबुल नियन्त्रण गरेका थिए । रसूल रुढीबादी स्वभावका र महिलासँगको भेटघाट नरुचाउने व्यक्ति हुन् ।

अफगानिस्तानको संविधान निर्माणका सन्दर्भमा सन् २००२ मा बसेको लोया जिर्गाको बैठकमा इस्लाम विरोधी कुराहरु संविधानमा राख्न नदिने उनै रसूल थिए ।

तालिबानसँगको वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय आतङ्कवादको केन्द्र हुन नदिने सुनिश्चितता तालिबानबाट प्राप्त हुनुपर्नेमा जोड दिइरहनु भएको छ । यसको बदलामा खलिलजादले अमेरिकी सेना अफगानिस्तानबाट पूरै फिर्ता हुने आश्वासन दिनुभएको छ ।

तालिबान समूहले भने काबुल सरकारका प्रतिनिधिसँग सोझै भेटवार्ता गर्न अस्वीकार गरेका छन् ।




भर्खरै