३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

८५ वर्षीय जापानी राजा अकिहितोद्धारा गद्दी त्याग गर्ने घोषणा



अ+ अ-

काठमाडौं । ८५ वर्षीय जापानी राजा अकिहितोले गद्दी त्याग गर्ने घोषणा गरेका छन् । अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दीत्यागको घोषणा गरेका हुन् ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी गद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनले मंगलबार जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दीत्यागको घोषणा गर्नेछन् । गद्दीत्याग समारोह सामान्य रुपमा १० बजेपछि सुरु हुनेछ । गद्दीत्याग समारोह राजदरबारको मात्सु नो मा स्टेट हलमा हुने अनुमान गरिएको छ ।

गद्दीत्याग समारोहमा राजा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधन गरेपछि छोरा राजकुमार नारुहितोले राज्याभिषेक गर्नेछन् । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।




भर्खरै