३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इञ्जिनीयर्स काममा फर्कन सहमत



अ+ अ-

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् ।

नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच आज भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् ।

एसोशियसनका महासचिव छविराज पोख्रेलले इञ्जिनीयरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनःनिर्माणलाई ढिला गर्ने र अल्झाउने छुट प्राविधिकलाई नभएको बताए । प्राविधिकले अतिरिक्त भत्ता र सुविधाको माग राखी वैशाख १२ गतेदेखि आन्दोलन गर्दै आएका थिए । गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।




भर्खरै