२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो, यस्तो आयो क्षतिको विवरण



अ+ अ-

सियोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए ।

आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपद् निकायका अनुसार आगलागीबाट अरु व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन तर धनसम्पत्तिको ठूलो क्षति भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौं हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकप्टर परिचालन गर्ने आदेश दिनुभएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको छ ।




अधिकारीहरुले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।


कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो । हावाहुरी र सुक्खाका कारण तिब्र गतिमा विस्तार भएको आगो नजिकका अरु नगर इलाकामा फैलिएको थियो । –योनहाप