२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३ वर्षको उमेरमा फुटबल खेलेर गिनिज वल्र्ड रेकर्ड्समा नाम !



अ+ अ-

काठमाडौं । एक इजरायली नागरिकले ७३ वर्षको उमेरमा फुटबल खेलेर गिनिज वल्र्ड रेकर्ड्समा नाम लेखाएका छन् ।

इसाक हायिक नामका एक वृद्धले शुक्रबार इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर ९० मिनेट पुरै खेल खेलेका थिए । उनले आफू वृद्धावस्थामा भए पनि खेलका लागि तयार रहेको बताएका थिए । उनले खेलेका थिए ।

उनको टिम ५–१ गोलले पराजित भए पनि उनले निकै राम्रो प्रदर्शन गरेका थिए । उनले आफ्नो प्रदर्शनलाई इजरायलको गौरवको विषय भएको प्रतिक्रिया दिएको समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।