२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी चिकित्सकको माग पूरा गरिदैन् : मन्त्री पण्डित



अ+ अ-

काटमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकको माग पूरा गर्न नसकिने बताएका छन् ।

पण्डितले संविधान विपरीत सरकारी चिकित्सकले माग अघि सारेकाले पूरा गर्न नसकिने बतोएका हुन् ।

सरकारले कर्मचारी समायोजन प्रतिबद्धता विपरीत गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

बुधबार गोदानले डाकेको आकस्मिक बैठकले सो निर्णय गरेको थियो। संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ।

यसका साथै सरकारले चिकित्सकहरुको माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । सरकारको निर्णयका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।