२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा स्थगित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजे बोलाइएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको सूचना दिइएको छ ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।