२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान



अ+ अ-

डडेल्धुरा । वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ ।

डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर गइरहेको हो ।

केही वर्ष पहिले डडेल्धुरामा लालीगुराँसको फूलको जुस उत्पादन हुने गरेको भए पनि पछिल्ला चार वर्षदेखि जुस उत्पादन गर्ने काम बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको ऋसीखोला सामुदायिक वनले तत्कालीन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गर्ने गरेको भए पनि दुई समूहका बीचमा विवाद भएपछि जुस उत्पादन गर्ने कार्य बन्द भएको छ ।

लालीगुराँसको फूलको जुस स्वास्थ्यका लागि लाभकर हुन्छ । पहिला परम्परागत रुपमा जुस उत्पादन गरेको भए पनि अब उद्योग स्थापना गरेर लालीगुराँसको जुस उत्पादन गर्ने योजना रहेको ऋसीखोला सामुदायिक वन डडेल्धुराका सचिव प्रेम जैरुले बताउनुभयो ।

डडेल्धुरामा उत्पादन हुने लालीगुराँस फूलको जुस सुदुरपश्चिम प्रदेशका अन्य जिल्लासहित बुटवलदेखि काठमाडौँसम्म निर्यात हुने गरेको थियो । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयाप्त रुपमा लालीगुराँस फूल फुल्ने भएकाले उद्योग सञ्चालन गरे आम्दानी हुनुका साथै स्थानीय बासीन्दाले रोजगारी पाउनेमा समेत विश्वास लिइएको छ ।

सामुदायिक तथा सरकारी वनहरुमा यो समयमा वनैभरी लालिगुराँस फुलेको देख्न सकिन्छ । तर त्यसको उपभोग नहुँदा केही दिनमा नै त्यसै खेर जाने गरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव द्धिजराज भट्टले बताउनुभयो ।

लालीगुँरास फूलको जुस मात्रै उत्पादन गर्न सक्ने हो भने राजगारका साथै राम्रो आम्दानीसमेत गर्न सकिने महासचिव भट्टको भनाइ छ ।