२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई सहने बानी परिसकेको छ, तर पनि अविचलित समाज सेवामा लागिरहने छु



अ+ अ-

सामाजिक संजाल र केहि अनलान मिडियाहरुले गायिका अन्जु पन्तले राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदैछिन् भनेर लेखेपछि उनि आलोचनाको सिकार भएकी छिन् ।

हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेयता बारम्बार विवादमा मुछिँदै आएकी पन्तको हिजो मात्रै एउटा पुरानो फोटो भाइरल गराइयो जसको कारण उनको आलोचना गर्नेको लर्के लाग्यो ।

तर उक्त फोटो अर्कै पुरानो र अर्कै प्रसंगको भएको तथ्य बाहिर आए आएको छ । उनले यसै प्रसंमा आज विहिबार फेसबुकमा लेख्दै भनेकी छिन्, मेरा आदरणीय दर्शक श्रोताहरू, मेरा सम्पूर्ण परिवारहरूलाई नमस्ते । ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् गत डिसेम्बर महिनामा बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न बारामा गएको बेलाको फोटो प्रयोग गरेर अहिले बाइबल बाँड्न गएको भनेर म माथि मिथ्या आरोप लगाउने काम भयो ।

बेलाबेलामा म माथि यस्ता आरोपहरू लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु ।

आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउने उनले बताएकी छिन् । बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी गरिरहेकाले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा आभार प्रकट गरेकी छिन् ।




भर्खरै