२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई सकाउन पार्टीका नेताहरुलाई उक्साउने कोको ?



अ+ अ-

काठमाडौँ । कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाइँले महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसँग गोप्य छलफल गरेको फोटो भाइरल भएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्नु अघि उनिहरु गोप्यरुपमा बैठक बसेको थिए ।

बिहीबार बजगाइँले पार्टीको केन्द्रीय अनुशासन समितिमा सभापति देउवाले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै देउवाविरुद्ध कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए ।

बजगाइँले उजुरीमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको आरोप लगाएका छन् । दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप लगाएका छन् ।

स्रोतका अनुसार उक्त गोप्य मिटिङमा देउवाले पार्टीलाई तहसनहस बनाएको भन्दै सभापति देउवालाई कमजोर बनाउनका लागि उजुरी हाल्ने तथा देउवा बिरोधी अभियान चलाउने सहमति भएको थियो ।

सभापति देउवाविरुद्ध उजुरी हाल्नुअघि गत शनिबार क्यासिनो माफिया बजगाइँ, डा.कोइराला र डा.रिजालबीच बालुवाटारको एक रेस्टुरेन्टमा डिनरसहितको छलफल भएको स्रोतले जनाएको छ ।

गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्‍याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउनेहरूको सूचीमा क्यासिनो माफिया बजगाइँको नाम अगाडि आएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके)को खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको नेपाललिक्स २०१९ मा बजगाइँको नाम पनि छ ।

बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाइँले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका थिए । बजगाइँले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् ।

उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ ।

बजगाइँसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपियाँ नेपालमा लगानी आएको देखिन्छ ।

बजगाइँको व्यवसायमा केन्द्रीय सदस्य डा.रिजालको नामसमेत जोडिने गरेको छ । कांग्रेस स्रोतका अनुसार डा.रिजालले सूचना तथा संचार मन्त्री हुँदा ठूलो रकम घुस खाएर हुवावेलाई टेलिकमका अर्बौंका ठेक्का दिएका थिए ।

संचार मन्त्रालयमा हुँदा कमाएको कालोधन राजेन्द्र बजगाइँमार्फत् लगानी गरेको डा.रिजालमाथि आरोप लाग्ने गरेको छ ।जुन कालोधन बजगाइँले ब्रिटिस भर्जिन आइल्याण्डबाट बैदेशिक लगानी भनेर नेपालमा भित्र्याएको आशंका गरिएको छ ।