२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाको नदिमा डुबेर मृत्यु



अ+ अ-

कञ्चनपुर । बेदकोट नगरपालिका- १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ ।

नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठ्न नसक्दा मृत्यु भएको हुनसक्ने उनले बताए ।

गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले भने, “गर्भवती थिइन्, छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन् ।”

स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।