२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास बिस्फोट हुँदा चार जनाको मृत्यु भएको पुष्टि, मृत्यकहरुको शव सग्लो भेटिएन्



अ+ अ-

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । विष्फोटमा दुई जनाको शवको केही भाग सोमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।

म‌ंगलबार विहान हराइरहेकाहरुको पनि कपाललगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको बाह्रबिसे प्रहरीले गरेको छ ।

बाह्रविसे प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला घर भएका सन्डुप लामा, दोलखा घर भएका भाइकाजी शेर्पा, हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठ रहेको बताएको छ ।

सोमबार बेलुकी ६ बजेतिर जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किदा आयोजनामा कार्यरत मजदुर लामा र शेर्पाको घटना स्थलमै मृत्यु भएको थियो ।

ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाकोकपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ । मजदुर बस्ने जस्ताको टहरो समेत विस्फोटमा ध्वस्त भएको छ ।