३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : फ्रान्सद्धारा आइसल्यान्डको पोस्टमा गोलको वर्षा



अ+ अ-

काटमाडौँ । विश्वकप विजेता फ्रान्सले युरो कप छनोट २०२० छनोटमा आइसल्यान्डलाई सजिलै ४-० ले हराएको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा फ्रान्सको लागि सामुएल उम्टिटी, ओलिभर जिरुड, केलियन एमबाप्पे र एन्टोनी ग्रीजम्यानले समान १–१ गोल गरे ।

फ्रान्सका लागि १२औं उम्टिटीले पहिलो गोल गरे । उनले एमबाप्पेको पासमा गोल गरेका थिए । पहिलो हाफ १–० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा ३ गोल गर्यो ।

खेलको ६८औं मिनेटमा जिरुडले बेन्जामिन पाभार्डको पासमा गोल गरे । फेरि ७८औं मिनेटमा एमबाप्पेले गोल गरे भने ८४औं मिनेटमा ग्रीजम्यानले गोल गरेर खेल ४–० ले जिताए ।

यो जितले छनोटको समूह एच मा आफूलाई बलियो बनाएको छ । फ्रान्सको यो लगातार दोस्रो जित हो ।