३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : पञ्जाबसँग राजस्थान पराजित, गेलको आक्रामक पारी



अ+ अ-

जयपुर । किङ्स–११ पञ्जाबले इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करणमा विजयी सुरवात गरेको छ । सोमबार राति खेलिएको खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७० रनमात्रै बनाउन सक्यो । पहिले ब्याटिङ गरेको पञ्जाबका लागि वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले ७९ रनको योगदान गरे । ओपनर गेलले केवल ४७ बलको सामना गरी चार छक्का र आठ चौका प्रहार गरे । उनी म्यान अफ दी म्याच घोषित भए ।

पञ्जाबक अर्का ओपनर लोकेश राहुल भने चार रनमै पेभेलियन फर्किएका थिए । युवा क्रिकेटर सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । मायान्क अग्रवालले २४ बलमा दुई छक्का र एक चौकाको मद्दतले २२ रन थपे ।