३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो, रोनाल्डो घाइते



अ+ अ-

लिस्बन । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि साविक विजेता पोर्चुगलले सुखद नतिजा निकाल्न सकेन । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान घरेलु मैदानमा खेलिएको आफ्नो दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो । दोस्रो खेलमा पोर्चुगललाई सर्बियाले १—१ गोलको बराबरीमा रोकेको हो ।

यसअघि आफ्नो पहिलो छनोट खेलमा पनि पोर्चुगललाई उसैको मैदानमा युक्रेनले गोलरहित बराबरीमा रोकेको थियो । खेल सुरु भएको सातौं मिनेटमै सर्बियाले अग्रता लिएको थियो । सर्बियाका लागि डुसान टाडिचले पेनाल्टीमार्फत गोल गरेका थिए ।

तर, पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि पोर्चुगलका लागि ड्यानिलो पेरेइराले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । करिब ७० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि पोर्चुगलका खेलाडीले सर्बियाको बलियो रक्षापँक्तिलाई चिर्न सकेनन् ।

खेलका क्रममा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगललाई दोहोरो घाटा लागेको थियो । रोनाल्डो ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको बताइएको छ । उनी ३१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सोही समूहको अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई उसैको मैदानमा २—१ गोलले पराजित गर्‍यो दुई खेल खेलेको युक्रेन चार अंकसहित पहिलो, लग्जम्बर्ग तीन अंकसहित दोस्रो र पोर्चुगल दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । यसैगरी एक खेल खेलेको सर्बिया एक अंकसहित चौथो स्थानमा छ ।