३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल हेर्न गएका समर्थकको रंगशालामा मृत्यु, जिम्बाबेको छनोट ओझेलमा



अ+ अ-

हरारे । खेल सुरु हुनुभन्दा अगाडि रंगशाला प्रवेश गर्न दर्शकबीच खिचातानी हुँदा एक समर्थकको मृत्यु भएपछि ‘अफ्रिका कप अफ नेसन्स’ फुटबल प्रतियोगितामा जिम्बाबेको छनोट ओझेलमा परेको छ ।

हरारेस्थित राष्ट्रिय रंगशालामा जिम्बाबे र कंगो—ब्राजाभिलबीच समूह ‘जी’ को अन्तिम छनोट खेल हुने कार्यक्रम थियो । सोही खेल हेर्न दर्शकको ओइरो लागेपछि भागदौडमा एक समर्थकको निधन भएको जिम्बाबे फुटबल संघले जनाएको छ । समर्थकको निधन भए पनि ‘अफ्रिका कप अफ नेसन्स’ को छनोट खेल भने अगाडि बढाइएको थियो ।

उक्त खेलमा २—० गोलले विजयी हुँदै जिम्बाबे सन् २०१९ मै इजिप्टमा आयोजना हुने ‘अफ्रिका कप अफ नेसन्स’ का लागि छनोट भएको छ । समर्थकको मृत्युको विषयमा प्रहरीले अनुशन्धान गरिरहेको समाचारमा जनाइएको छ । जिम्बाबे फुटबल संघले समर्थकको निधनप्रति दुःख ब्यक्त गरेको छ । निधन भएका समर्थकको नाम भने खुलाइएको छैन ।