२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले रोक्यो १४० वटा ट्याङ्कर, फलफूल र तरकारी बोकेका ट्रकलाई समेत छाडिएन



अ+ अ-

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । भारतबाट नेपाल आउँदै गरेका १४० वटा ट्याङ्करलाई हालसम्म नाका मै रोकिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीका अनुसार भारतीय पक्षले चलाउने अनलाइन सरभरमा समस्या आएको कारण ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका सयौ भन्दा बढी ट्रकदुई दिनदेखि भारतमै रोकिएको छ ।

उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।

‘१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन्’ केसीले भने ।

कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको केसीले बताए ।