२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री भन्छन् : हिन्दु धर्मबारे जनमत संग्रह गर्न सरकारमाथि दबाव दिऔं



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव दिनकोलागि आह्वान गरेका छन् । उनले हिन्दु धर्मले नै देशको पहिचान बचाएको भन्दै देशलाई हिन्दु राज्यको घोषण गर्न सरकारलाई आग्रह गरे ।

टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको आवश्यकता रहेको बताएका हुन् । संविधानका धारामा धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्न पाउने भनेर उल्लेख भएको भन्दै उनले जनमत संग्रह गराउनुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । उनले भने, ‘जनमत गराउनुपर्‍यो, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन ।’