२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका कार्यकर्तालाई समात्न हिँडेको प्रहरी अफिम खेती फाँडेर फर्कियो



अ+ अ-

कालिकोट । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरेपछि उसका कार्यकर्ताहरुलाई समाउन हिँडेका प्रहरीको टोली अफिम खेती फाँडेर फर्किएको छ । विप्लव समूहको अखडा मानिएको कालिकोटमा सरकारले उनिहरुलाई कारवाही गर्ने धोषण गरेपछि प्रहरी समात्न भन्दै गाँउगाँउ पुगेको थियो ।

जिल्ला प्रहरी कार्यलय कालिकोटबाट मंगलवार खटिएको प्रहरी टोलिले खाडाचक्र नगरपालीका –२का बिभिन्न क्षेत्रमा लगाईएका अफिम खेती नष्ट गरेको हो । कालिकोटका प्रहरी निरिक्षक देवेन्द्र मल्लका अनुसार उक्त नगरपालीकामा रहेको मान्म,पञ्चदेवल,गैरीगाँउ भन्ने क्षेत्रमा दूई रोपनीमा लगाइएका अफिम नष्ट गरिएको छ ।

तीन बर्ष अधिसम्म खेतीपाति गर्दै आईरहेका स्थानीय अहिले अफिम खेतीमा लागेको निरिक्षक मल्लले बताए । हाल त्यहाँ ८० देखि ९० बिगामा अफिम खेती भइरहेको र अन्य ठाँउको पनि पहिचान गर्ने काम भइरहेको मल्लले बताए ।