२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय र प्रियंकाको जब एउटै होटलमा ‘डिनर



अ+ अ-

बलिउड तथा हलिउडमा समेत चर्चा कमाइसकेकी प्रियंका चोपडाको नाम धेरैसँग जोडिएको थियो । केहि समय अघिमात्रै निक जोनाससँग विवाह गरेकी प्रियंकाको नाम कुनै समय अक्षय कुमारसँग जोडिएको थियो । विवाहित अक्षयसँग नाम जोडिएपछि बलिउडमा उनीहरुको सम्बन्धलाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भएका थिए ।

फिल्म ‘एतराज’ को सुटिङका क्रममा नजिकिएका प्रियंका र अक्षयको जोडीलाई धेरैले रुचाएका थिए । तर, अक्षयकी श्रीमती ट्विकंल खन्नाले उनीहरुको सम्बन्धको बारेमा थाहा पाएपछि खन्नाले अक्षयलाई प्रियंकासँग काम गर्न रोक लगाइन् ।

प्रियंका र अक्षयको लामो समयपछि पुनः देखादेख भएको छ । सम्बन्ध टुटेको धेरै वर्षपछि बिहे गरेकी प्रियंका आफ्ना साथीहरुसँग जुन होटलमा खाना खानको लागि गएकी थिइन अक्षय पनि उनकी पत्नीसँग खाना खान गएका थिए ।

जब अक्षयले उक्त होटलमा प्रियंका पनि छिन् भन्ने थाहा पाए तब उनले मेनेजरलाई भनेर आफ्ना लागि छुट्टै कुनाको टेबलमा बस्न बन्दोबस्त गर्न लगाए ।