२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोप फ्रान्सिसका सल्लाहकार बालयौन दूराचारको आरोपमा दोषी ठहर



अ+ अ-

मेलबोर्न । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् ।

अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी)ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए ।

हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ ।

अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् ।

भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् ।

“कार्डिनल जर्ज पेलले आफू निर्दोश रहेको र त्यसमा आफू अडिग रहेको बताउनुभएको छ,” कार्डिनलका वकीलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ । जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ ।

पेल विरुद्ध लगाइएका केही अरु आरोपहरु पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन् ।
पेलले दूव्र्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । उनको परिवारका सदस्यहरुले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन् ।

दोस्रा पीडित व्यक्तिका तर्फबाट वकीलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनाबपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । “अरु पीडितहरुझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।”




भर्खरै