२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेमाथि रियल मड्रिडको कठिन जित



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेमाथि कठिन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरे । लेभान्टेका लागि भने रोजर मार्टीले गोल गरेका थिए ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियल मड्रिडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । ६०औं मिनेटमा मार्टीले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ७८औं मिनेटमा फेरी रियलले पेनाल्टी पायो । बेलले पेनाल्टीबाट गोल गर्दै रियललाई २–० गोलको जित दिलाए ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई र रियल बेटिसले रियल भलाडोलिडलाई समान २–० गोलअन्तरले नै पराजित गरेका छन् । त्यस्तै, भ्यालेन्सिया र लेगनेसबीचको खेल ११ गोलको बराबरीमा सकिएको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक हुँदा समान खेल खेलेको रियल मड्रिडडको ४८ अंक छ ।




भर्खरै