२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने



अ+ अ-

काठमाडौँ। नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

एकेडेमीले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसै वर्ष एसईई दिने खेलाडीहरुलाई लक्षित गर्दै एकदिवसीय क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो ।

एसईई दिएका विद्यार्थीलाई ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरी बैशाख अन्तिम साता काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट पाँचदेखि सात खेलाडी छनोट हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । देशको ११ शहरमा ट्यालेन्ट हन्ट गरी खेलाडी छनोट गरिनेछ। ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यानअफदिसिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा एक वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।




भर्खरै