२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ फिल्ममा हिरोको भन्दा बढी पारिश्रमिक लिने यि अभिनेत्रीहरु……….



अ+ अ-

मुम्बई । अक्सर बलिउडमा पुरुष प्रधान फिल्म धेरै बन्ने गरेको आरोप लाग्दै आएको छ । केही हदसम्म यो सही पनि हो । केही फिल्म छोड्ने हो, भने बलिउडका अधिकांश फिल्म अभिनेतामा निर्भर छन् ।


सलमान खान, शाहरुख खान, आमिर खान, रणवीर सिंह जस्ता बलिउडमा कयौं नाम छन् । जो फिल्मको सफलताको ग्यारेन्टी मानिने गरिएको छ । अभिनेत्रीको सामथ्र्यमा कोही फिल्म बनाउन चाहँदैन ।


पारिश्रमिकको कुरा गर्ने हो भने अभिनेत्रीको फिस अभिनेताको भन्दा धेरै कम हुने गरेको छ । अहिले चर्चा बलिउडका ती ५ फिल्मका अभिनेत्रीको गर्न खोजिएको छ । जुन फिल्मका निर्माताले अभिनेत्रीका लागि हिरोको भन्दा बढी फिस तिरेका छन् ।

करीना कपूर
फिल्म ‘कुर्बान’ का लागि निर्माताले अभिनेत्री करीनालाई अभिनेता सैफअली खानको भन्दा पनि बढी पारिश्रमिक तिरेका थिए ।

कंगना रनौत
कंगनाले क्वीन, तनु वेड्स मनु जस्ता फिल्म मार्फत अभिनेत्रीको बलमा पनि फिल्म चल्छ भनेर साबित गरिदिएकी छन् । उनले यस फिल्मका लागि ११ करोड भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । फिल्म कट्टी बट्टीमा पनि कंगनाले इमरान खानभन्दा धेरै फिस लिएको बताइएको छ ।

दीपिका पादुकोण
एक अन्तवार्ताको क्रममा अभिनेता अमिताभ बच्चन आफैंले बताएका थिए । अभिनेत्री दीपिकाले फिल्म पिकुका लागि आफूभन्दा बढी रकम लिएकी थिइन् । सोही क्रममा उनले फिल्ममा दीपिकाको भूमिका आफ्नो भन्दा धेरै भएको समेत खुलाएका थिए । उनले अभिनेत्रीको पारिश्रमिक पनि पुरुष भन्दा बढी भएकोमा खुसी व्यक्त गरेका थिए ।

यस्तै फिल्म पद्यावतका लागि दीपिकाले यसका हिरो रणवीर सिंह र शाहिद कपुरको तुलनामा बढी पारिश्रमिक लिएकी थिइन् ।

दीपिकाले फिल्मका लागि १३ करोड, रणवीरले ११ करोड र शाहिदले १० करोड पारिश्रमिक लिएका थिए ।

माधुरी दीक्षित
९० को दशकमा सबैभन्दा रुचाइएको फिल्म मध्ये एक थियो ‘हम आपका है कौन’ । यस फिल्ममा सलमान खानको तुलनामा माधुरी दीक्षितको कयौं बढी पारिश्रमिमक मिलेको थियो । सो समय माधुरी सुपरस्टार थिइन्, भने सलमान खान नयाँनयाँ थिए ।