२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक (यस्तो छ तालिका )



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ ।

पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब र सङ्कटा र एपिएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा खेल हुनेछ ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछ । सोही दिन लिगको समापन समारोह हुनेछ ।

लिगको १२औँ चरणका खेल सकिँदासम्म मनाङ–मस्र्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।