२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य हुनुहुन्छ । तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष थपलियाले अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजक, जिल्ला विकास समिति चितवनको उपसभापति रहेर पार्टीमा योगदान पुर्याउनु भएको छ ।

खैरहनी नगरपालिका वडा नं ८ निवासी थपलियाले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखका रुपमा रहेर काम गरिसक्नुभएको छ । सल्लाहकार नियुक्त भएपछि उहाँले प्रदेश नं ३ लाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन सहयोगी बन्ने बताउनुभयो ।
रासस