२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु टोली भिल्लारियलसँग रियल मड्रिड रोकियो



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल फर्काएपनि जितको लागि प्रयाप्त भएन।

खेलको चौथो मिनेटमा नै कार्जोलाले मड्रिड बिरुद्द गोल गर्दै भिल्लारियललाई १–० को अग्रता बनाएको थियो । तर भिललारियाले सो अग्रता कायम गर्न नसक्दा खेलको सातौं मिनेटमा नै गोल खान पुगेको थियो । बेन्जिमाले सातौं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरीमा पुर्याए । भरानेले गोल गर्दै २०औं मिनेटमा रियल मड्रिडले २–१ गोलले अगाडि ल्याएका थिए ।

पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेलको ८२औं मिनेटमा कार्जोलाले ब्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियललाई २–२ गोलको बराबरीमा पुर्याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

लिगको चौथो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३० अंक भएको छ । यता, समान खेलबाट भिल्लारियलले १६ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १७ खेलबाट ३७ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३४ अंक छ । त्यस्तै, समान खेल खेलेको सेभिल्ला ३२ अंकको साथमा लिगको तेस्रो स्थानमा छ ।