२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ ।

गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराउदै अपराजित यात्रा टुंगाएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे ।

लिभरपुलकालागि रोबर्टो फर्मिनोले एक गोल फर्काए पनि जितको लागि प्रयाप्त भएन ।

खेलको ४०औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको ६४औं मिनेटमा फिरमिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । तर ७२औं मिनेटमा लिभरपुलले अर्को गोल खान पुग्यो । यो पटकभने सानेले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा लिभरपुलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।


जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको चार अंकको अन्तर कायम गरेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ ।

४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।