२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको खेलमा सन्दीप खर्चिलो, चार ओभरमा लिए एक मात्रै विकेट



अ+ अ-


काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको चौथो खेलमा पनि विकेट लिएका छन्।

मंगलबार मेल्वर्न रेनेगड्स विरूद्धको खेलमा सन्दीपले ४ ओभरमा ३१ रन खर्चिदै १ विकेट लिएका हुन । टम कुपरलाई गुगलीमा आउट पार्दै आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन।

आज निकै नै खर्चिला बनेका सन्दीपले खेलमा खासै कमाल देखाउन नसकेपनि उनले जारी लिगमा चार खेलबाट ८ विकेट लिएका छन् । तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ तर सन्दीपले भने तीनै खेलमा बलिङको जादु देखाएका छन्।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे। होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए। तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा छन्।

पछिल्ला तिनै खेलमा सन्दीपको अर्को एउटा संयोग 

सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले तिनै टिमका कप्तानलाई पेवेलियन फर्काइदिएका छन्। जुन एउटा अनौठो संयोग पनि हो।

क्यानबेरामा सम्पन्न पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्सका कप्तान शेन वाट्सनलाई आउट पारे भने दोस्रो खेलमा भने होर्वाट हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई क्याच आउट गरेका थिए। सन्दीपले तेस्रो तथा विजयी खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनिरिक्सलाई एलबिडब्लु धरापमा पार्दै पेवेलियन पठाएका थिए।

राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राइकरले जितेको थियो। आठ टोलीका अंक तालिकामा सन्दीपको टोली एक जितका साथ चौथो नम्बरमा उक्लिएको छ।