२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको पहिलो दिननै उत्तर कोरियाले दियो चेतावनी



अ+ अ-


काठमाडौँ । नयाँ वर्ष २०१९ को पहिलो दिन उत्तर कोरियाले चेनावनी दिएको छ । उत्तर कोरियाली नेता किम ज‌ंग उनले नयाँ वर्षको सम्बोधनका क्रममा अमेरिकाले आफ्नो मुलुकलाई नाकाबन्दी गरिरहे बाटो परिवर्तन हुन सक्ने चेतावनी दिएका छन् ।

किमका हजुरबुवा किम इल सङको परम्परा कायम राख्दै उनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने क्रममा उक्त कुरा बताएका हुन्।

किमले मंगलबार बिहान राज्य नियन्त्रित टेलिभिजनमा सम्बोधन गर्दै भनेका छन्, ुयदि अमेरिका विश्वसामू आफ्ना प्रतिबद्धता कायम राख्न सक्दैन र हामीलाई नाकाबन्दी र दबाब दिइराख्छ भने हामी हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थको खातिर हामीले नयाँ बाटो लिनुको विकल्प छैन। ु

गत वर्ष किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा परमाणु कार्यक्रम स्थगन गर्ने कुरामा हस्ताक्षार भएको थिए। किमले दक्षिण कोरियाली राष्ट्रपतिसँग कोरियाली प्रायद्विपममा परमाणु अस्त्र निश्शत्रीकरणको सहमति समेत गरेका थिए।

उत्तर कोरियाले आफ्नो मुलुकले अणविक हतियार उत्पादन, प्रयोग र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ। यसका लागि उत्तर कोरियाले ठोस कदमहरू कार्यान्वयन गरेको जनाएको छ। किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनसुकै बेला आफू भेट्न तयार रहेको समेत बताएका छन्।

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमहरु रोकेको जनाएपनि अमेरिकालाई पूर्ण रुपमा निशस्त्रीकरणतर्फ लागेकोप्रति विश्वास नभएको बीबीसले जनाएको छ।

उत्तर कोरियाले पारमाणविक परीक्षण केन्द्रहरू बन्द गरेपनि उसले आफ्नो हतियार कार्यक्रमलाई भने जारी राखेको अमेरिकाको आरोप छ। बीबीसी