२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका अमरेसले मागे सरकारको राजिनामा



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणमा सरकारको राजिनामा मागेको छ । नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले राजिनामा दिनुपर्ने जिकीर गरेका हुन् । सरकारले सुशासन र समृद्धिको नारा दिने तर यति ठूलो भ्रष्टाचारमा पनि राजिनामा नदिने भन्दै राजीनामा माग गरेका हुन् ।

आज बोल्ने अधिकांश सांसदले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका थिए । काँग्रेसका सबैजसो सांसदले यो आरोप लगाएका छन् । वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न संघीय संसदको दुबै सदनको संयुक्त समिति गठन गर्नुपर्ने उनले बताए । छानबिनपछि सरकारले नैतिकताको आधारमा रााजीनामा दिनुपर्छ– सांसद डा.सिंहले भने ।

सांसद सिंहले यस प्रकरणमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफूसँग रहेको पनि दाबी गरे । उनले भने यदि कसैलाई चाहिन्छ भने दिन म तयार छु र म संसदलाई ती सबै प्रमाण दिन्छु ।

वाइडबडी खरिदका विषयमा सार्वजनिक लेखासमिति र अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गरिरहेका बेला सांसद सिंहले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।