२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा धन कमाउन गएका २३ युवा सम्पर्कबिहीन



अ+ अ-

धादिङ । धादिङबाट विदेश गएका २३ जना युवा सम्पर्कबिहीन भएका छन् । जसमध्ये केहि व्यक्ति १६ वर्षदेखि सम्पर्कमा नआएको उनिहरुका आफन्तले बताएका छन् ।

घर सल्लाह अनुसार नै विदेशमा धन कमाउन गएकाहरु एका एक बर्षौदेखी सम्पर्क बिहिन भएपछि आफ्न्तहरुलाइ पिरोल्न थालेको छ । जिल्ला प्रशासन धादिङका अनुसार हालसम्म मलेसिया १२, कुवेतमा ४, साउदी अरब र सिरियामा २–२ तथा जर्जियामा एक जना हराएका छन् ।

उनीहरु झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार र नीलकण्ठका रहेका छन् । बेदैशिक रोजगारीमा जाने कामदार बेपत्ता हुने क्रम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयमा परिवारका सदस्यले उद्धारका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने क्रम बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा आप्रवासी सुचना केन्द्र सन्चालनमा रहेको छ । वैदेशिक रोजगारको विषयमा केन्द्रबाट परामर्श गर्ने, उद्धार,न्याय तथा निशुल्क सिपको लागी सहयोग गर्दै आईरहेको छ ।