२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै



अ+ अ-

हेटौँडा ।  प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा गरी प्रदेशका १० जिल्लामा १३ वटा शीतभण्डार सञ्चालन गरिने छ । एउटा शीतभण्डार निर्माणमा रु चार करोड लगानी लाग्ने र त्यसमध्ये स्थानीय तह, सहकारी एवं निजी क्षेत्र तथा स्वयं किसानलाई समेत केही प्रतिशत लगानी गर्न प्रेरित गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो ।

लामो समयदेखि किसानले शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखांै मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो । अब किसानको उत्पादनले बजार नपाउञ्जेल तथा उचित मूल्य नआउञ्जेल तरकारी तथा फलफूल शीतभण्डारमा राख्न मिल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । “तरकारी किसानकै, फलफूल किसानकै, लगानी किसानकै, मुनाफा किसानकै” मन्त्री लामाले भन्नुभयो ।
रासस