२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन् – नेतान्याहु



अ+ अ-

रियो दे जेनेरियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताउनुभएको छ । उहाँले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताउनुभयो ।

रियो भ्रमणका क्रममा ब्राजिल आइपुग्नुभएका नेतान्याहूले इरानले आफ्नो मुलुक इजरायललाई ध्वस्त पार्न आणविक अस्त्र निर्माणको प्रयत्न गरिरहेको दाबी गर्नुभयो ।

इजरायलले छिमेकी मुलुक सिरियामा रहेका इरानी लडाकूहरुलाई लक्षित गरी हालैका दिनमा हवाई आक्रमणलाई तिब्र बनाएको छ ।

उहाँले हिंसामा विश्वास गर्ने इस्लामिक लडाकू र विचारधारामाथि इजरायलले जुध्नु परिरहेको चर्चा गर्दै इजरायलले हाल इरानद्वारा प्रबद्र्धित अतिवादी शिते समूह तथा इस्लामिक स्टेट र अल कायदाद्वारा प्रबद्र्धित अतिवादी सुन्नी समूह विश्वको शान्तिका लागि खतरा रहेको बताउनुभयो ।

ब्राजिलको ग्लोबो टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “दुर्भाग्यवस, हामीले प्यालेस्टिनीका बारेमा कुनै प्रगति गर्न सकेका छैनौं । उनीहरुमध्ये आधाभन्दा बढी इरानी र अतिवादी इस्लामको प्रभावमा छन् ।”

इरानी नेताहरुसँग वार्ताको कुनै सम्भावना छ कि भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “इरानले हाम्रो विनाश गर्न चाहँदासम्म त्यो सम्भव छैन । अब इरान पूर्ण रुपमा रुपान्तरित हुनुको विकल्प छैन ।”

नेतान्याहू इजरायलीका पक्षधर ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोको राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिन ब्राजिल पुग्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्नुहुनेछ । विदेशमन्त्री पोम्पेओ पनि राष्ट्रपति बोल्सोनारोकोको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन ब्राजिलमा हुनुहुन्छ । भेटका क्रममा दुबै नेताबीच सिरियाबाट अमेरिकी सेनाको फिर्ता पछि उत्पन्न हुने परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।