२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ : राणा



अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिएका छन् ।

आइतबार कर्मचारीहरुको आन्दोलनले प्रभावित बैठक आज मङ्गलबार फेरी बसेको थियो ।

आज राणले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए ।

‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ राणाले भने, ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृया अनुसार नै काम गरिरहेको छ । अब पनि गर्छु।’

राणले सरकारले सरु गरेको विकासका काममा अदालतले कहिल्यै अवरोध नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गरे ।

उनले आफ्नो कार्यकालमा न्यायालय सुधारेरै छोड्ने दाबी गर्दै आफ्नो अनुहारमा आफैले कोपरेर नचिनिने गरी नजाने प्रतिबद्धतासमेत जनाए ।