२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग ब्यास लिगमा सन्दीपले आज चौथो खेल खेल्दै



अ+ अ-

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । नेपाली समयअनुसार उक्त खेल दिउँसो दुई बजे मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले चौथो खेलमा मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका तीन खेलबाट सात विकेट लिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ ।

सन्दीपले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए । सन्दीपले आजको खेल कस्तो खेल्छन्, उनका फ्यानहरुमा उत्सुकता छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।