३ असार २०८३, बुधबार
,
Latest
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति विदेशमा पिआर लिएर बसेका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही सिफारिस एल–निनो असरः भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख महराद्वारा श्रद्धाञ्जलि व्यक्त



अ+ अ-


रोल्पा । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, शिक्षालयका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गत शुक्रबार सल्यानको कपुरकोटस्थित मूलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुल्सीपुर फर्कँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सो शिक्षालयका २३ जनाको मृत्यु हुनुको साथै १४ जना गम्भिर घाइते भएका थिए । घटनामा परी रोल्पा परिवर्तन गाउँपालिकाका– १७ वर्षीय प्रकाश वली समेत घाइते भएको बताइएको छ । रासस




भर्खरै