२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई



अ+ अ-


सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो ।

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ ।

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ ।

दुई खालको हेपाटाइटिस ‘बी’

हेपाटाइटिस ‘बी’ रोग दुई किसिमको हुन्छ । डा बस्नेतले भन्नुभयो, “एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस ‘बी’को ६५ प्रतिशत सङ्क्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत सङ्क्रमितमा हेपाटाइटिस ‘ए’ जस्तै लक्षणहरू शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहेँलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये एक प्रतिशत बिरामीको एक्युट लिभर फेलियर कलेजो बिग्रिएर मृत्यु हुन्छ । लिभर कलेजो क्यान्सर हुने खतरा भने ‘सी’मा भन्दा ‘बी’मा बढी देखिने चिकित्सकको भनाइ छ ।

एचआइभी एड्स सङ्क्रमित शून्य

जिल्लामा एचआइभी एड्सका सङ्क्रमित शून्य रहेको पाइएको छ । जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा आजसम्म एक जना पनि एचआइभी सङ्क्रमित नभेटिएको अस्पतालका सूचना अधिकारी शेर्पाले जानकारी दिनुभयो ।

अस्पतालमा आएका हजारौँ बिरामीका लागि आउने एआरटी एन्टिभाइरल थेरापी पनि प्रत्येक वर्ष म्याद सकिएर फाल्नुपर्ने अवस्था रहेको सूचना अधिकारी शेर्पाको भनाइ छ । “सङ्क्रमण पत्ता लागिहालेमा अपहेलित हुने डरले रोग लुकाउने परिपाटी हुँदा रोगीले अस्पतालमा आएर सेवा नलिएको हुनसक्छ”, शेर्पाले भन्नुभयो, “जिल्लामा केही सङ्क्रमित त हुनसक्ला तर हाम्रो रेकर्डमा भने छैन ।” रासस