२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमांकन थाती राखेर संविधान घोषणा गरौं : गगन थापा



अ+ अ-
फाइल फोटो

रामेछाप, भदौ १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सीमांकनमा देखिएको विवाद टुंग्याउन सात प्रदेशको सीमांकनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।

संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमांकनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमांकका लागि आयोग बनाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमांकन टुंग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।

नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए । रासस