२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ पुस्तक प्रकाशित



अ+ अ-

वरिष्ठ अधिवक्ता डा. शङ्करकुमार श्रेष्ठको ‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ नामक पुस्तक प्रकाशित भएको छ । चारपुस्तादेखिको मान्य संस्थाको हैसियतमा काम गर्दै आएको न्यायपालिका बेलाबखत आहत हुँदा लेखिएका लेख तथा कार्यपत्र यस पुस्तकमा समावेश गरिएको लेखक डा. श्रेष्ठ बताछन् ।

एकसय एकान्नब्बे पृष्ठको सो पुस्तकमा न्यायाधीश नियुक्ति प्रसङ्ग, संसदीय सुनुवाइको व्यवस्था, सेवानिवृत्त न्यायाधीशलाई पुनः नोकरी, प्रधानन्यायाधीशका चुनौतीहरु, अदालतमा भ्रष्टाचार निवारण, अदालतमा भ्रष्टाचार सञ्जाल, कानुनका आर्यभट्टहरू, न्यायाधीश पुनर्नियुक्ति, सर्वसम्मतिको कैदी न्यायपरिषद्, बेञ्च र बारबीचको शीत युद्ध, न्यायाधीशलक्ष्यित केही यक्षप्रश्न, कानुन मन्त्रीको नियत कि नियति जस्ता विषयका ३४ लेख समावेश छन् ।

यसअघि लेखक श्रेष्ठले न्याय तथा कानुनको कठघरामा, पीडित न्याय प्रणाली ः सन्दर्भ र परिवेश, डिक्शनरी अफ ल एन्ड जस्टिस, नेपाली ल डिक्शनरी, कम्प्रिहेन्सिभ डिक्शनरी, इङ्लिस–नेपाली डिक्शनरीलगायतका पुस्तक प्रकाशित भइसकेका छन् ।

यसैबीच, पैरवी प्रकाशनले आजदेखि नेपाल बार एसोसिएसनको सभाकक्षमा कानुनसम्बन्धी पुस्तकहरूको प्रदर्शनी आयोजना गरेको छ । मंसिर मसान्तसम्म सञ्चालन हुने सो प्रदर्शनीमा छुटसहित आयोजक संस्था र कानुन किताव व्यवस्था समितिबाट प्रकाशित ऐन तथा नियम सङ्ग्रहका साथै विभिन्न लेखकका पुस्तक बिक्रीका लागि राखिएका छन् ।




भर्खरै