२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व चर्चित खेलाडी सुमाकार अस्पतालमा



अ+ अ-

काठमाडौं, १५ पुस । विश्व चर्चित खेलाडी माईकल सुमाकर स्कीईङ गर्नेक्रममा दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । आफ्नो छोरासँग फ्रान्सको एल्प्स पहाडमा स्कीईङ गर्ने क्रममा दुर्घटनामा परेका सुमाकरको दिमागमा गम्भीर चोट लागेको जनाइएको छ ।

चोटपश्चात सुमाकरको दिमागको अपरेशन सम्पन्न भईसकेको छ । स्कीईङका क्रममा उनले हेलमेट लगाएको भएपनि उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

सुमाकरको तत्काल टाउकोको शल्यक्रिया गरिएपनि अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताईएको छ । सुमाकर फर्मुला वान कार रेसिङका सर्वाधिक सफल खेलाडी हुन् । जमर्नीका प्रशिद्ध खेलाडी सुमाकर अगामी जनवरी ३ मा ४५ वर्ष पुग्दैछन् । फर्मुला वान प्रतियोगिताबाट उनले सन् २००६ मा अवकाश लिएका थिए ।