२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी गेटको लागि बेलायतमा विद्यार्थीहरुबाट पाउण्ड १ संकलन



अ+ अ-

नोभेम्बर ९, लण्डन । बेलायतमा वकिङ्ग नगरको बिसप डेविड ब्राउन स्कूलका विद्यार्थीहरूले नेपालका विद्यार्थीहरूको लुम्बिनी गेट बनाउँन राखेको चासोमा ऐक्यबद्धता जनाउन ्ूखाजाबाट एक पाउण्ड्ू रकम संकलन गरे । स्मरण रहोस, लुम्बिनी नेपालस्थित बुद्ध आदर्श विद्यालयबाट नेपाल भारतको सिमानामा पर्यटकहरूलाई नेपाल पसेको अनुभूति दिने हेतुसाथ स्वागतद्वार बनाउन खाजाबाट रु १ अभियान २०६८ फल्गुण ११ मा सुरु भएको थियो ।

बिशप डेविड ब्राउन स्कूलको हलमा आयोजित यो कायक्रमलाई अभिवाबकहरूको तिहार(देउसी कार्यक्रमको सिलसिलामा समाहित गरिएको थियो । कार्यक्रमबाट १८० पाउण्ड संकलित भयो । संकलित रकम नेपाल पठाउन लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व समिति सल्लाहकार प्रोफेसर डा। कविताराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्य कार्यक्रमका संयोजक १४ वर्षीय विद्यार्थी संदेश कंडेलका साथै वकिङ्ग नेपाली समाजका अध्यक्ष भगवान चामलिंग र प्रमूख अतिथि वकिंग सहरका मेयर एन रबर्टले संयुक्तरूपमा गरेका थिए । यस कार्यक्रमलाई अध्यक्ष चामलिंग र प्रमूख अतिथि मेयर एन रबर्टले मुक्त कण्ठले प्रशंसा गरे । प्रोफेसर डा। कविताराम श्रेष्ठले यस अघि, अस्ट्रेलिया साथै काठमाण्डौको स्वर्ण शिक्षा इंग्लिस स्कुल, गोकर्णेश्वर मा।वि।, युथ भिजन सेकेण्डरी स्कुल, सहयोगी उच्च मा।वि। र प्रिसियस नेशनल कलेजका विद्यार्थीहरूले समेत ऐक्यबद्धता जनाइ सकेका कुरा बताउनु भएको थियो । साथै वहाँले संकलित रकम स्वागतद्वार बानाउन प्रयाप्त न हुने पक्कै छ भन्दै थोरै भएपनि सीमाना जस्तो संवेदनशील ठाउँमा पर्यटकहरू यो नेपाल हो कि भारत भन्ने कुरामा दिग्भ्रमित भईरहेको अवान्छित स्थितिमा यो अपरिहार्य स्वागतद्वार बानाउन सरकारलाई उपयुक्त दबाब हुने कुरा स्पष्ट भएको बताउनु भयो । संकलित रकम आगामी डिसम्बर १, २०१३ मा हुने पाचौं लुम्बिनी कपिलवस्तु दिवसका दिन सरकारलाई हस्तारण गरिने कार्यक्रम रहेको प्रोफेसर डा। श्रेष्ठले बताउनुभयो ।