२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्क, दुवई र नेपालका चर्चित कलाकारहरु कोरिया आउदै



अ+ अ-

सुरज गुरुङ /एचकेनेपाल डट कम-
नेपाल बौद्ध परिवारले आगामी अक्टोबर १ तारिख छुसकको तेश्रो दिन आयोजना गर्न गईरहेको ‘बुद्ध नेपाल सांगीतिक सौगात भाग-६’ का कलाकारहरु यहि सेप्टेम्बर २९ तारिख कोरिया आईपुग्ने भएको छ।

तीन देशबाट आउदै गरेको कलाकारहरुको जम्काभेट उक्त दिन उपस्थित दर्शकहरु माझ दो ङदेमुनको पुजा रेष्टुरेण्ट, लक्ष्मी मार्ट र हिमालयन रेष्टुरेण्ट पछाडीको जो ङरो कुमिन ह्येग्वानको हलमा हुने परिवारले जानकारी गराएको छ।

गत आईतावार बसेको नेपाल बौद्ध परिवारको बैठकपछि दिएको जानकारी अनुसार पप गायक राजु लामा अमेरिकाको न्यूयोर्कबाट, दुवईका एक कार्यक्रम चर्चित उदघोषिका समेत रहेकी लोक दोहोरी गायिका संगीता थापा मगर दुवईबाट र चर्चित लोक दोहोरी गायक रामजी खाँड नेपालबाट आउने परिवारका अध्यक्ष ईश्वर गुरुङले बताए।

बैठकले बुद्ध नेपाल सांगीतिक सौगात भाग ६ लाई मर्यादित तथा सु–व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न विभागिय व्यवस्थापन समितिहरु पनि गठन गरेको कुरा सचिव प्रितम गुरुङले जानकारी दिए।




भर्खरै