७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन (भिडियो सहित)



अ+ अ-

जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ति समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो । उहाँले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ । र उद्योगी, व्यवसायीहरुको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ । र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइनकी सहयोग गर्नुपर्दछ ।’

उहाँले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।