७ असार २०८३, आईतवार
,
Latest
सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान



अ+ अ-

काठमाडौ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ ।

पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । 

पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित गराएकाले गौरव गान भाषा र धर्मबाट नै स्थापित गर्न सकिने परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरि र महासचिव डा श्रीराम अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पुर्खाको भाषामा संस्कृत (कोड ७९) र मातृभाषामा संस्कृत (कोड ७९) लेख्नुपर्ने परिषद्को आह्वान छ । मातृभाषा संस्कृत विश्वविद्यालय, संस्कृत गुरुकुलम्, संस्कृत माध्यमिक विद्यालय, संस्कृत सङ्घसङ्गठनका संस्कृत भाषी प्राध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, संस्कृत भाषी पीठाधीश, मठाधीश, धर्माचार्य, वेदवेदान्तका व्याख्याता–अध्येता, कथावाचक व्यास, पण्डित पुरोहित, ज्योतिष आदिलाई पुर्खाको भाषा र मातृ भाषा दुवैमा संस्कृत लेख्न परिषद्ले आह्वान गरेको हो । 

यसैगरी दोस्रो भाषामा नेपाली (कोड १), धर्ममा हिन्दु (कोड १) लेख्न परिषद्ले सुझाएको हो । संस्कृत नजान्नेले पुर्खाका भाषामा संस्कृत (कोड ७९), मातृ भाषामा नेपाली (कोड १) र दोस्रो भाषामा संस्कृत (कोड ७९) लेख्न परिषद्ले अनुरोध गरेको छ । स्थानीय सम्पर्क भाषा नेपाली स्वदेशमै उत्पन्न भएको लेख्न र धर्ममा हिन्दु (कोड १) लेख्न विज्ञप्तिमा आग्रह गरिएको छ । रासस




भर्खरै