७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको बचाउमा माइतीघरमा प्रर्दशन



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाऊ गर्दै सोमबार काठमाडौंको माईतीघरमा प्रर्दशन गरिएको छ । 

अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापना ¥याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको विरोधमा प्रर्दशन गरिएको हो । विरोध प्रर्दशनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधिश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गर्नु भयो । 

उहाँले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गर्नु भयो । वरिष्ठ अधिवक्ता न्यौपानेले भन्नु भयो, ‘एक छिनलाई मानौं–चोलेन्द्र शमशेरले सत्तामा भाग खोजे । सत्तामा भाग दिने मान्छे को ? शेरबहादुर देउवा । पहिले राजीनामा शेरबहादुर देउवाको मागौं । हाम्रा कानुन व्यवसायीहरुले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन् ?’

वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरुलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दावी समेत गर्नु भयो ।