७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ-तिहारमा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको १ हजार किलोसम्म भयो – अध्यक्ष शाक्य (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो ।

अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताउनुभयो । उहाँले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताउनुभयो । अध्यक्ष शाक्यले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको बताउनुभयो । दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको बताउनुभयो ।  

अध्यक्ष शाक्यले भन्नुभयो, ‘यसपालि सुनचाँदी व्यापारको कुरा गर्नुपर्दा, पोहोर साल कोरोनाको कारणले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो, त्यसको तुलनामा यस वर्ष उत्साहजनक व्यापार भएको छ, यस वर्षको दशैँमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ भने दशैँपछि तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको छ, धन्तेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो, चाँदीको कुरा गर्दा प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो, धन्तेरसको दिनमा तिहारमा २ हजार केजीसम्म माग आएको थियो, यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो, यसमा प्रतिदिन नेपाल सरकार, राष्ट्र बैंकले २० किलो सुनको कोटा तोकिराखेको छ, चाडवाडको दिनमा बिदाहरु हुन्छ, त्यसपछिको केही दिन बजार अलि सुस्त हुन्छ, सुस्त भएको बजारमा पनि कोटाको सुनहरु आइरहने भएकोले चाडको बेलामा भएको स्टक यो सुनले परिपूर्ति हुन्छ, हामी अहिले त्यही गरिरहेका छौँ, आजबाट बजार खुला भइसकेको छ, मलाई लाग्छ यो वर्षको मंसिर महिनादेखि विवाहको लगन शुरु हुँदैछ, त्यसमा पनि हामी आशाप्रद रुपमा राम्रो व्यापार होला भन्ने आशामा छौँ, सुनचाँदीको बजारले कोरोनाको भ्याक्सिनहरु आयो, बजार सामान्यीकरण तर्फ गयो, त्यो अवस्थामा राम्रो लय समातोको छ, सुनचाँदीको गरगहना नै उपभोक्ताको रोजाइमा परेको छ, तिहारको बेला सुनको असर्फीहरु, गणेशलक्ष्मीको मूर्तिहरु र विभिन्न किसिमको गरगहनामा उहाँहरुको डिमाण्ड बढेको छ, कोहीले काँचो सुन पनि माग्नुभएको थियो, हामीले गरगहना बनाउने डिमाण्डलाई सुन नपुगेकाले काँचो सुन उपलब्ध गराउन सकेका छैनौँ ।’

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौँमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ, यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने जरुरी छ, यसै सन्दर्भमा हामी रिसेन्ट्ली नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा कुराकानी गर्न जाँदैछौँ, देश संघीयताको राज्य पुनः संरचनामा गइसकेको छ, सुनको सप्लाइ पनि काठमाडौंमा केन्द्रित नभइ सातै प्रदेशको राजधानीहरुबाट राजधानी राजधानीहरुको तर्फबाट वितरण हुनुपर्छ र मुफसलमा रहेका व्यवसायीहरुले पनि आफ्नो सुनको आपूर्तिको व्यवस्थापन गर्नको लागि काठमाडौंमा नै आएर सुन किन्नुपर्ने जुन बाध्यात्मक परिस्थिती विगतमा रहेको थियो, त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भमा हामी लभिङ गरेर अघि बढीरहेको छौँ,  चाँडै नै यो समस्या समाधान हुन्छ, २० किलोको कोटा सिस्टम रहेसम्म यसलाई पनि आपूर्तिमा कन्स्टेन्ट रहन्छ, अलिकति कमी कमजोरी रहन्छ, त्यसलाई पर डे ३० किलो गरेर सिजनको बेला बढी सुन ल्याउने र अप सिजनको बेलामा कम मात्रै ल्याएर बजारलाई स्तरमा राख्ने भन्ने कुरा लिएर नेपाल सरकारका विभिन्न निकायमा हामी गइरहेका छौँ, सरकारले पनि यसलाई सुनुवाइ गरेर सप्लाइ सिस्टमलाई अलिकति परिवर्तन गर्ने हो भने यसले नेपालको सुन बजारलाई एकदमै राम्रोसँग सन्तुलनमा राखेर विकास  एवं बिस्तारको लागि मद्दत गर्न सक्छ । अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताउनुभयो ।