काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरूले बार अध्यक्षको चेम्बरमा ताला लगाउने भएका छन् । प्रदर्शन गरिरहेका सेतोपट्टीधारी वकिलहरूले बार अध्यक्षको चेम्बरमा ताला लगाउने बताएका हुन् ।
प्रदर्शनमा सामेल भएका अधिवक्ता स्वागत नेपालले बारले गरिरहेको आन्दोलन अपूर्ण भएको बताउँदैभोलिदेखि बारको अध्यक्षको कोठामा ताला लाग्ने समेत बताएका हुन् । अधिवक्ता नेपालले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा आफसुहरुको संघर्ष जारी रहने पनि बताए ।
स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरु यतिबेला इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दाको सुनुवाइमा फर्कन दबाब दिँदै सडक प्रदर्शन गरिरहेका छन् । उनीहरुले भोलि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको चेम्बरमा तालाबन्दी गर्ने भनेका छन् ।










